पहिराेका कारण वालिङका ५ परिवार विस्थापित

 असोज १७, २०८० बुधबार १७:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् ।

वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ ।

विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया