सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

 असोज १८, २०८० बिहिबार १७:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुन्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको छ । यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्त्वको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि आदेशमा उल्लेख छ । यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया