युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् सांसद रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधिसभाकाे बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिकाे छलफलका क्रममा सांसद लेखकले संविधानसम्मत ढङ्गले सरोकारवालाहरूको मागलाई सम्बोधन हुने गरी याे विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले याे विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले यो विधेयकलाई पर्याप्त रूपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौँ । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरूको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुङ्ग्याएको छ । यो विधेयकमा सरोकारवालाहरूको धेरै चिन्ता, चासो उठेका छन् । संविधानकाे मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाहरूको सबै चिन्ता र चासोलाई समेटेर सहमतिका साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्छ । ’
प्रमुख सचेतक लेखकले विद्यालय शिक्षा विधेयकलाई पारित गराउन पनि ढिलाइ गर्न नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।