एक्स्काभेटरकाे ठक्करबाट घाइते भएका बालककाे उपचारका क्रममा ज्यान गयाे

 असोज १९, २०८० शुक्रबार १९:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुम पश्चिम – रुकुम पश्चिममा एक्स्काभेटरकाे ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ । सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

आज शुक्रवार दिउँसाे विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरकाे डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।

डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेकाे छ । डोजर पनि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया