काठमाण्डौ महानगरपालिकाले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

 असोज २०, २०८० शनिबार ८:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

दशैँका लागि किनबेच हुने खसीबोकालगायत चौपायाको यही २३ गते मङ्गलवारदेखि नै अनुगमन र स्वास्थ्य परीक्षण गर्ने महानगरले जनाएको छ । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र यस्तो अनुगमन हुँदै आएको थियो ।

कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी महानगरको छ । अनुगमन समितिका संयोजकसमेत रहेकी उपमेयर सुनिता डङ्गोलको संयोजकत्वमा महानगरको कृषि तथा पशुपक्षी विभाग, प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण हुने महानगरको कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिनुभयो ।

खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उहाँले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

महानगरले चौपाया बिक्री गर्ने ठाउँ, मासु पसल र बधशालालगायतका ठाउँमा पनि अनुगमन गर्नेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया