धुवाँको मुस्लो फाल्ने गाडीलाई ९ लाख रुपैयाँसम्म जरिबाना तिराउने काठमाण्डौ महानगरको चेतावनी

 असोज २०, २०८० शनिबार १७:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई तीन लाख रुपैयाँसम्म जरिबाना गरी दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ । दिएको आदेश बमोजिम कार्य नभएमा जरिबानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिबाना गराउने सूचनामा उल्लेख छ ।

काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने गाडीको वायु प्रदूषण जाँच नियमित गर्ने पनि जनाएको छ । अहिले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुवाँजन्य प्रदूषण, उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरुमा सञ्चालन भइरहेका गाडीहरुको धुवाँ निष्काशनको अत्यन्त दयनीय अवस्था समेत देखिएकाले कडा कारबाहीको अभियान थालिएको महानगरले जनाएको छ ।

वायु प्रदूषणका मुख्य कारकहरुमध्ये गाडीबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको महानगरको ठहर छ । कुनै गाडीले धेरै धुवाँ फाल्ने र प्रदूषणको मापदण्ड पालना नगरेको शङ्का लागेमा सूचना दिन पनि काठमाण्डौ महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया