युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - इजरायलमा रहेको नेपाली राजदूतावासले आफ्नो सुरक्षाको ख्याल राख्ने र स्थानीय निकायको निर्देशन पालना गर्न नेपाली समुदायमा आग्रह गरेको छ ।
इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा अहिले द्वन्द्व चलिरहेको भन्दै राजदूतावासले यस्तो आग्रह गरेको हो । 'यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन नेपाली समुदायमा अनुरोध छ', विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
अप्ठ्यारोमा परेका नेपालीको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको राजदूतावासले जनाएको छ ।
अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै राजदूतावासले यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा केही सामग्री साझा नगर्न पनि आग्रह गरेको छ ।
इजरायलमा रहेका नेपालीले राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।