चाडपर्व नजिकिएसँगै पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष स्थापना

 असोज २१, २०८० आइतबार ८:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चाडपर्व नजिकिएसँगै पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको छ । यात्रु चढ्ने, ओरल्ने तथा यात्रुको चाप बढी हुने ठाउँको छनोट गरी राजमार्गको पाँच ठाउँमा र धादिङको सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष स्थापना भएको हो ।

यात्रुको गुनासो सुन्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । यात्राका क्रममा कुनै समस्या परे यात्रु, चालक तथा सहचालक सबैले सहायता कक्षमा गुनासो राख्न पाउने छन् ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो । गाडीले तोकिएको भन्दा बढी भाडा लिए यात्रुले सहायता कक्षमा उजुरी दिन सक्ने जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया