दशैँ–तिहारलाई लक्षित गर्दै महानगरले धरहराकाे 'अन्डरग्राउन्ड' पार्किङ खुला गर्‍याे, शुल्क नलाग्ने

 असोज २२, २०८० सोमबार १६:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – दशैँ, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर काठमाण्डौ महानगरपालिकाले धरहराको 'अन्डरग्राउन्ड' (भूमिगत) पार्किङ खुला गरेको छ । न्युरोड, असन, सुन्धारा, भोटेबहाल लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङ नभएर दुःख पाएको गुनासो गरेपछि महानगरले धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो ।

महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धरहराको भूमिगत क्षेत्रको ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । अहिलेलाई अस्थायी रूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने उहाँको भनाइ छ ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको भूमिगतका तीन तला पार्किङका लागि बनाइएको छ । अहिलेको अवस्थामा चार सय वटा गाडी र सात सय वटा मोटर साइकल अट्ने अनुमान छ । महानगरले अस्थायी रूपमा खुला गराएको धरहराको पार्किङका लागि उत्तर–पूर्वको ढोकाबाट प्रवेश गरेर आफ्नो गाडी पार्किङ गर्न सकिने पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया