विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चाेभार सुक्खा बन्दरगाह आउन थाले

 असोज २२, २०८० सोमबार १६:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्युतीय गाडी पनि भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाह आउन थालेका छन् ।

२०७८ चैत २२ गतेदेखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा शुरुमा कन्टेनरमा आधारित कार्गो मात्र आउने गरेकोमा गएको असार १४ गतेदेखि भन्सार जाँच पासका लागि नयाँ गाडीहरू समेत आउन थालेका थिए । अहिलेसम्म पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेका छन् ।

त्यसैगरी आयातकर्ताहरूले गएको शनिवारदेखि विद्युतीय गाडीहरू समेत भन्सार जाँचपासका लागि चोभार ल्याउन थालेका छन् । चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रक्रिया व्यवस्थित भएपछि गाडी चोभार आउन थालेका हुन् ।

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कन्टेनरमा मालवस्तु एवम् नयाँ गाडीहरू भन्सार जाँचपासका लागि ल्याउन आयातकर्ताहरूसँग छलफल भइरहेकाे नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभएको छ ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि आउने मालवाहक गाडी एवम् नयाँ गाडीहरूका लागि प्रवेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले सेवा प्रदान गरिरहेको छ ।

अहिलेसम्म चोभार सुक्खा बन्दरगाहमा दुई सय दुई वटा कन्टेनर र ८७ वटा नयाँ गाडी भन्सार जाँचपासका लागि आइसकेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया