गाजापट्टीमा १ लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित

 असोज २३, २०८० मंगलबार ९:१५:३५ | एजेन्सी
unn.prixa.net

इजरायल र हमासबीच द्वन्द्व शुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा धेरै मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मुख्यगरी गाजामा डर, सुरक्षा चिन्ता र घर भत्केका कारण एक लाख २३ हजारभन्दा धेरै बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको मानवीय निकायले उल्लेख गरेको छ । ७३ हजारभन्दा धेरैले विद्यालयमा आश्रय लिइरहेका छन् ।

हमास लडाकु समूहले शनिवारदेखि इजरायलमा आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेको छ । हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी समेत दिएका बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गर्नुभएको छ ।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गर्नुभएको हो । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया