अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला : सेवा प्रभावित

 असोज २४, २०८० बुधबार १२:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए।

नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन सकेका छैनन् ।

ताला लागेको ६ दिन भइसक्दा पनि खुलाउन कुनै पहल नभएको गुनासो छ । तर मेयर यज्ञप्रसाद ढकालले ताला खुलाउन पहल गरिएको बताउनुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया