माइतीघरमा ‘रिगल’ काे आममाफीविरुद्ध प्रदर्शन, स्थानीय तहका कर्मचारीकाे आन्दाेलन

ट्राफिक व्यवस्थापन अस्तव्यस्त

 असोज २४, २०८० बुधबार १५:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन र स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण आज बुधवार दिउँसो काठमाण्डौको माइतीघर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको छ । आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो । उनीहरू माइतीघरबाट बानेश्वरतर्फ जिल्ला अदालत अगाडिसम्म पुगेर माइतीघर फर्किएका थिए ।

यस्तै सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै गएको १५ गतेदेखि माइतीघर मण्डलामा दैनिक आन्दोलन गर्दै आएका स्थानीय तहका कर्मचारीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

दुई पक्षको आन्दोलनका कारण दिउँसो माइतीघरबाट बानेश्वर तथा थापाथली क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया