सडक सञ्जालसँग जोडिएपछि दुर्गम बस्ती सुगम बन्दै
मंसिर २५, २०८० सोमबार
काठमाण्डाै - जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ ।
जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई जानकारी दिनुभयो । धेरै घाइते भएका र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
तस्बिर : रासस