त्रिभुवन विमानस्थलबाट कोकिनसहित भारतीय महिला पक्राउ

 मंसिर ४, २०८० सोमबार २०:२१:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज साेमवार एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेकी महिला इथियोपियाबाट गए राति कतारको दोहा हुँदै आज काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाण्डाैबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो ।’

पक्राउ परेकी महिलाका साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८०

तपाईको प्रतिक्रिया