उपचुनाव : आजराति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट प...
बैशाख १२, २०८१ बुधबार
हिउँद लाग्न सुरु भएसँगै यतिबेला नेपालका हिमाल खुल्न थालेका छन् । डाँडाकाँडा जताजतै फूल फुलेका छन् । बर्खा सकिएसँगै नदी र तालहरु निलो हुँदैछन् ।
बाह्रैमास पर्यटक पुग्ने पोखरा पनि यतिबेला निक्कै सुन्दर देखिएको छ । फेवाताल, बेगनासताल, रुपाताल, शान्त स्तुपा, सराङकोटलगायतका ठाउँमा पर्यटकको भिड लागेको छ ।
पोखराको बीचबजारबाट पनि हिमालहरु देखिन्छन् । तर अलिकति अग्लो ठाउँमा पुग्यो भने आँखै अघि देखिने माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमालले मनै फुरुङ्ग बनाइदिन्छन् । त्यसैले पोखरा पुग्नेहरु धेरैले भन्छन्, वाह पोखरा, आहा पोखरा ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।