फिलिपिन्सले १ सय ८० जना चिनियाँलाई देश निकाला गर्‍याे

 मंसिर २८, २०८० बिहीबार १४:८:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिलिपिन्सले राजधानी मनिलामा पक्राउ परेका एक सय ८० जना चिनियाँलाई देश निकाला गरेको छ । उनीहरू मनिलामा अवैध धन्दा र अनलाइन घोटालाको आशङ्कामा पक्राउ परेका थिए ।

गएको अक्टोबरमा छापा मारेर चिनियाँसहित कोरियाली, भियतनामी र फिलिपिनो गरी छ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धारसमेत गरिएको थियो ।

छापा मारेर पक्राउ परेका थप विदेशीलाई आउँदो हप्ता देश निकाला गर्ने त्यहाँको प्रहरीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले पक्राउ परेका चिनियाँसँग कुनै पनि काम गर्ने अनुमति नरहेको पाइएको बताउनुभयो । एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया