बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
बर्दिया – भारतीय नागरिकले ११ वर्षीया बालिकालाई भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिकामा भारतीय नागरिकले सामूहिक रुपमा बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिका–८, मा रहेको नेपाल भारतको सीमा क्षेत्र नजिकबाट आएका दुईजना भारतीय नागरिकले ११ वर्षीया नेपाली बालिकालाई आइतबार बेलुका बलात्कार गरेको प्रहरीले जनाएको छ ।
नेपाल भारतको सीमा क्षेत्रमा पर्ने कालिका नजिकैको जंगलमा बाख्रा चराउन गएकी ११ वर्षकी बालिकालाई त्यसै जंगलमा भैँसी चराउन आएका भारतीय दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।
बाख्रा चराउन जंगल गएका बेला ११ वर्षीया बालिकालाई भारतीय नागरिकहरुले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिनुभयो । बलात्कृत भएकी बालिकासँगै रहेकी अर्की एक बालिका पानी खान गएको मौका छोपी भारतीय नागरिकहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएकी पीडित बालिकालाई अन्य गोठालाहरुले जंगलमा अचेत अवस्थामा फेला पारेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले बालिकालाई उद्धार गरी तत्कालै बलात्कारमा सहभागी दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बलात्करमा संलग्नलाई स्थानीयको सहयोगमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएको स्थानीय दलबहादुर सुनारले जानकारी दिनुभयो । घटनामा संलग्न दुवैजना अभियुक्त जिल्ला बहराईच मोतिपुर थाना सिबरातिपुर गाउँका भएका र दुवैजना १४ देखि १६ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरु माथि अनुसन्धान भइरहेको उपरीक्षक सुरेन्द्र मैनालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।