अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश

 माघ २३, २०८० मंगलबार ७:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला अदालत काठमाण्डौले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो उनीहरु तीनै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिएको हो । जग्गा प्रकरणमा सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि हिजो जिल्ला अदालत काठमाण्डौमा पेस गरिएको थियो ।

पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।

स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु अहिले ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया