सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेजको जीप दुर्घटना : १० जना घाइते

 माघ २३, २०८० मंगलबार ९:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना भएको छ ।

बीआर ०६ पीडी ९६४८ नम्बरको जीप दुर्घटना हुँदा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा हिजो बेलुका जीप दुर्घटना भएको हो ।

जीप उखु बोकेको ट्र्याक्टरसँंग गम्हरियामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते हुनुभएको छ ।

घाइतेको वीरगञ्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया