कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - चलचित्रको गतिविधि प्रायः काठमाण्डौ उपत्यकामा केन्द्रित छ । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् ।
प्रथम प्रदर्शनी अर्थात् प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाण्डौमा केन्द्रित भइरहँदा मोफसलमा बजार बढाउन बेलाबखतमा प्रयास हुने गरेका छन् ।
काठमाण्डौ उपत्यका बाहिर पनि चलचित्रसम्बन्धी गतिविधि बढाउनसके त्यसको प्रभाव व्यापारमा पर्ने चलचित्र निर्देशक मिलन चाम्सले बताउनुभयो । उहाँले चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनी (प्रिमियर) मोफसलपछि काठमाण्डौमा गर्दै हुनुहुन्छ ।
अघिल्लो वर्ष चलचित्र ‘महापुरुष’ मोफसलका दुई सहर र ‘बहाव’ पोखरामा प्रदर्शनी गरिएको थियो । केही दिन अगाडि चलचित्र ‘दयारानी’ को प्रदर्शनी पोखरामा गरिएको थियो । तर, यी सामान्य गतिविधि मात्र हुन् ।
निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै आफूले चलचित्रका गतिविधि गर्ने गरेको बताउनुभयो । आफ्नो आउँदाे चलचित्र ‘महाजात्रा’लाई काठमाण्डौमा मात्र नभइ मोफसल केन्द्रित गतिविधिमार्फत् प्रचारप्रसार गर्ने योजनामा रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।