काठमाण्डौ महानगरद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन शुरु

 माघ २९, २०८० सोमबार १५:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको अनुगमन शुरु गरेको छ । काठमाण्डौ महानगरकी उपप्रमुख एवम् अनुगनम समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा भृकुटी मण्डपमा रहेको काठमाण्डौ मोडल अस्पतालबाट अनुगमन थालेको महानगरले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० मा हानिकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख छ ।

अनुगमनका क्रममा अस्पतालको नर्सिङ विभाग प्रमुख राधिका घिमिरेले फोहोर उत्पादन हुने ठाउँ, सङ्कलन तथा ढुवानी गर्ने साधन र प्रशोधन गर्ने ठाउँसमेत देखाउनु भएको थियो । अस्पतालले तीन लाख रुपैयाँ खर्च गरेर सङ्क्रमित फोहोरलाई सामान्य फोहोर बनाउने प्रणाली स्थापना गरेको छ ।

फोहोर उत्पादन हुने ठाउँ ड्युटीमा रहने नर्सिङ स्टाफको जिम्मेवारीमा रहन्छ । एक सय शय्याको काठमाण्डौ मोडेल अस्पतालमा हानिकारक फोहोर सङ्कलन गर्न आठ वटा बाल्टिन सहितको ट्रली प्रयोग गर्ने गरिएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया