पालिकाकाे अनुदानपछि चुलाचुलीका किसान तरुल खेतीमा आकर्षित

 माघ २९, २०८० सोमबार १५:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको चुलाचुली गाउँपालिकाले अनुदान दिएपछि किसानहरु तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै, कोदो जस्ता परम्परागत खेतीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भएपछि किसानहरुले तरुल खेती गर्न लागेका हुन् ।

खेती गर्न सजिलो र आम्दानी पनि बढी हुने भएपछि किसानको आकर्षण बढेको चुलचुली – ५ का किसान मतिराज राईले बताउनुभयो । चुलाचुलीमा १९ बिघा १३ दशमलव ६ कट्ठा क्षेत्रमा सिमल तरुल खेती हुँदै आएको गाउँपालिकाको तथ्याङ्क छ । 

तरुल किन्न स्थानीय व्यापारी किसनाको बारीसम्म नै जाने गरेका छन् । गएको वर्ष चुलाचुली गाउँपालिकाले ३८ जना किसानलाई १२ लाख २४ हजार २ सय ९३ रुपैयाँ अनुदान दिएको थियो । किसानहरुले किलोको ३० देखि ४० रुपैयाँमा तरुल बेच्ने गरेका छन् । सिमल तरुलको बिक्री पुस, माघ र फागुन महिनामा बढी हुने गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया