उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप अभियान आज र भोलि सञ्चालन गर्न लागेको छ । जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाको जोखिमबाट बचाउनको लागि निमोनिया विरुद्धको खोप दिन लागेको महानगरकी स्वास्थ्य शाखाकी प्रमुख सरिता महर्जनले बताउनुभयो ।
वडामा दर्ता भएका ७२ वर्ष माथिका ज्येष्ठ नागरिकले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउने अवसर पाउनेछन् । उहाँका अनुसार यो वर्ष २ हजार ४ सय जना ज्येष्ठ नागरिकलाई खोप दिन तयारी भएको छ । आज वडा नम्बर ४, १३, १४, १५, १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा खाेप दिने उहाँले बताउनु भयो ।
त्यस्तै भोलि वडा नम्बर १, २, ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९ र २० मा खोप दिइनेछ । सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लिन सकिने स्वास्थ्य शाखाकी प्रमुख महर्जनले बताउनु भयो । २०७७ सालदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क दिन शुरु गरिएको यो खोप गएको वर्षसम्ममा ५ हजार २ सय ५६ जनालाई दिइसकिएकाे छ । ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने पहिलो पालिका हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।