उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
रुपन्देही – रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका उनीहरूले सुप्रिम सहकारीका १० हजार तीन सय ९१ जना बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोप छ । लुम्बिनी प्रदेशको सहकारी रजिस्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् अहिलेका संरक्षक गितेन्द्रबाबु राई, बुटवल शाखाका व्यवस्थापक सागर केसीसहित सात जनालाई खोजिरहेको छ ।
सहकारीले संस्थापक अध्यक्ष राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार छ सय ६५ रुपैयाँ ऋण दिएको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।