‘कर्णाली उत्सव : कुडा कर्नालीका’ को पाँचौँ संस्करण शुरु

 फागुन ५, २०८० शनिबार १८:२०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – ‘कर्णाली उत्सव : कुडा कर्नालीका’ को पाँचौँ संस्करण सुर्खेतको बुलबुले उद्यानमा शुरु भएको छ । उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गर्नुभयाे ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउन्डेशनले जनाएको छ ।

कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रियस्तरको बहसको कार्यक्रमको आवश्यकता महसुस गरेर शुरु भएको कर्णाली उत्सवको यात्रा चलिरहेको बताउनुभयो ।

उत्सवको पाँचौँ संस्करणमा विभिन्न १३ वटा सेसन, तीन वटा पैकेलोको प्रस्तुति, तीन वटै विद्वत प्रवचन र हरेक दिन साङ्गीतिक/साहित्यिक साँझ रहने छन् । आयोजकले याे उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको रूपमा लिने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया