उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - उज्यालो सहकर्मी सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको हिजो काठमाण्डौ विजयश्वरीमा रहेको नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२औं साधारण सभामा बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उहाँलाई पुरस्कृत गर्नुभएको हो ।
कार्यक्रममा भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार उदेन मानन्धर, ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार पत्रकार युवराज श्रेष्ठ, ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार विश्वन्तर शाक्य, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार बुद्धशरण शाही र श्रीरामस्मृति पत्रकारिता पुरस्कार पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको हो ।
त्यस्तै, कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पुरस्कार समितिका संयोजक सुनिल महर्जन, दबूको काठमाण्डौ शाखाका अध्यक्ष अर्विनमान सिहं, काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धर, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राई, पुरस्कृत पत्रकारकातर्फबाट सिल्भिया राजोपाध्याय, सम्मानित पत्रकारका तर्फबाट डण्ड गुरुङलगायतले बोल्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।