आज चार वटा प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

 फागुन ६, २०८० आइतबार ९:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज चार वटा प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा छिटपुटदेखि हल्का पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा दिउँसोपख आंशिक बदली रहने उहाँले बताउनु भयो । 

अबको एक/दुई दिन हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको र विशेषगरी रातको समयमा पश्चिमी वायुले बढी प्रभाव पार्ने उहाँले बताउनु भयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा र बाँकी क्षेत्रको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया