ठमेलमा पर्यटकको चहलपहल बढ्यो, ढल–बिजुलीका तार बिछ्याउन सडक खन्दा हिँड्न समस्या

 फागुन १९, २०८० शनिबार १५:२२:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाैकाे मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो ।

नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रूपमा लिने गरिन्छ । ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा सङ्घ नेपालका सचिव एवम् जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्र सुधार भइरहेको बताउनुहुन्छ ।

ठमेलमा पर्यटकको चहलपहल शुरु भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । काठमाण्डाै महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउनुहुन्छ ।

काठमाण्डाैभित्रिने ८० प्रतिशतभन्दा धेरै पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया