पश्चिम नेपालका धेरैजसाे ठाउँमा बदली, केही ठाउँमा पानी पर्दै

 फागुन १९, २०८० शनिबार १८:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले पश्चिम नेपालका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका उच्च पहाड र हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा बदली र वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो छ घण्टामा दैलेखको कट्टी भन्ने ठाउँमा १७ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै गण्डकी प्रदेशको कास्की, मनाङलगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।

आज पश्चिम नेपालमा धेरैजसो ठाउँमा राम्रो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपात र वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको र भोलि देशभर नै हल्का तथा मध्यम खालको वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । पर्सि सोमवारदेखि मौसममा सुधार हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया