पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

 फागुन २०, २०८० आइतबार १८:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापा गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ ।

डोमलाल राजवंशी मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो । चर्च ब्वाइजका अबयोमी र समिर तामाङले गोल गरे ।

भोलि हुने पहिलो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सर्लाहीको बाग्मती युवा क्लबबीच खेल हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया