२९ औँ पटक सगरमाथा आराेहण गर्दै कामिरिता शेर्पा

 वैशाख १९, २०८१ बुधबार १८:२७:५२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा फेरि आरोहणमा जान लाग्नुभएको छ ।

गएको वर्ष २८ औँ पटक सगरमाथाको आरोहण गर्नुभएका शेर्पा फेरि सगरमाथा आरोहणका लागि आधार शिविर पुग्नुभएको हो । उहाँ आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । आफ्नो पेसा भएकाले यति पटक भनेर गन्ती नगरि सकुन्जेल सगरमाथा आरोहण गर्ने उहाँले बताउनुभयो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय शेर्पा सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहन्छ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ९० जनाले अनुमति लिएका छन् । आरोहण सहयोगीहरूले भने अनुमति लिनुपर्दैन ।

सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम भइसकेको र मौसमले साथ दिएमा वैशाखाको अन्तिम हप्तादेखि आरोहण शुरु हुने पर्यटन विभागले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया