आज राति कोशी, बाग्मती र गण्डकीको पहाडी भेगमा पानी पर्ने सम्भावना

 चैत ८, २०८० बिहिबार १८:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आज पनि पानी परेको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा धरै पानी परेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । पछिल्लो १२ घण्टामा मकवानपुरमा सबैभन्दा धेरै ३३ दशमलव चार मिलिमिटर पानी परेको छ ।

आज राति कोशी, बाग्मती र गण्डकीको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै भोलि बिहान मौसम केहीबेर खुल्ने भए पनि दिउँसो बदली हुने मौसमविद् नगरकोटीले बताउनुभयो । मध्य तथा पूर्वी क्षेत्रमा पर्सि शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको छ ।

अबको तीन/चार दिनसम्मै मौसम बदली भएर छिटपुटदेखि हल्का पानी पर्न सक्ने मौसमविदले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।

महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया