नेइमार घाइते, ब्राजिलकाे जित

 मंसिर ५, २०७५ बुधबार ९:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । क्यामरुनविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमारले मैदानमा आठ मिनेटभन्दा बढी बिताउन सकेनन् । उनको ग्रोइनको मांसपिण्डमा इन्ज्युरी भएको हो ।

तर ब्राजिलका टिम डक्टर रोद्रिगो लस्मारले भने उनको इन्ज्युरी ठूलो नभएको बताएका छन् । ‘खेल्न सहज महसुस नगरेका कारण मैदानबाट बाहिर आएका हुन् । उनको पूर्ण परीक्षण गर्नका लागि केही समय लाग्छ । तर उनको इन्ज्युरी ठूलो होइन,’ टिम डक्टर लस्मारले भने ।

झण्डै तीस हजार दर्शकको उपस्थिति रहेको वेलायतको एमके स्टेडियममा भएको खलमा नेयमार बिनापनि ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्राजिलले क्यारुनलाई १–० ले हराउँदा नेयमारको स्थानमा मैदान प्रवेश गरेका रिचार्डलिसनले गोल गरेका थिए ।

४५औं मिनेटमा उनले विलियनको पासमा हेड गोल गरेका थिए । दोस्रो हाफमा पनि ग्याब्रियल जेससको प्रहार पोस्टमा लागेको थियो भने अर्थरको प्रहार क्रसबारमा लागेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया