सामान बोक्ने गाडीमा सिट राखेर मान्छे बोक्नेलाई कारबाही

 मंसिर ५, २०७५ बुधबार ११:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी –  जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जीपका पछाडिका सिटहरु धमाधम हटाउन थालेको छ । 

चालकसहित ५ जनाको सिट क्षमता भए पनि यहाँका ब्यबसायीहरुले पछाडि पट्टिको सामान बोक्ने भागमा आफू खुशी सिट जडान गरी १० देखि १४ जना सम्म यात्रु बोक्दै आएका थिए । 

सिट क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेका कारण डोटीमा बर्सेनि सवारी दुर्घटना बढेपछि  यहाँका सामान बोक्ने गाडीमा पछाडी आफूखुशी जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा ट्राफिक प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउन भयो ।

उहाँले भन्नुभयो ‘सामान बोक्ने ठाउमा यात्रुबोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका छौँ, नहटाउने लाई कारवाही हुनेछ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया