वृद्धभत्ता कटाइदिने बेलायत सरकारको निर्णयप्रति गेसोको आपत्ति

 जेठ २८, २०७५ सोमबार १७:१६:५ | उज्यालो सहकर्मी

काठमाडौं – गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले २८ दिनभन्दा बढी नेपाल बसे वृद्ध भत्ता काटिदिने बेलायत सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले २८ दिनभन्दा बढी नेपाल बसे गेसोमा आवद्ध वृद्धहको भत्ता काट्ने बेलायत सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको हो । उहाँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायतको समृद्धिमा प्रधानमन्त्री थेरेसा मेको भन्दा बढी योगदान दिएका वीर गोर्खालीहरुको योगदानलाई कमजोर नआँक्न पनि बेलायत सरकारलाई चेतावनी दिनुभयो ।

संस्थापक अध्यक्ष गुरुङले बेलायत कर्मभूमि भएको उल्लेख गर्दै त्यहाँको सरकारले अपमान गर्न खोजे आफूहरुलाई सैह्य नहुने बताउनुभयो । बेलायत सरकारले गेसोमा आवद्ध वृद्धहरु नेपालमा २८ दिनभन्दा बढी बसे भत्ता काटिदिने निर्णय गरेकोमा संस्थापक सभापति गुरुङको आपत्ति छ ।

संस्थापक सभापति गुरुङले गेसोमा आवद्ध वृद्धहरुलाई शरणार्थीको व्यवहार नगर्न पनि बेलायत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया