पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एकजना पक्राउ

 मंसिर १०, २०७५ सोमबार १७:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – मालारानी गाँउपालिकामा ५ वर्षकी बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय ५ वर्षीया बालिकालाइ जबरजस्ती करणी गर्ने १७ वर्षीय एकजनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

१७ वर्षका युवकलाइ पक्राउ गरी अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया