प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विस्तार गरिने

 मंसिर १६, २०७५ आइतबार १३:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गरिने भएको छ ।

प्रदेश नम्बर ३ का १६ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालको रूपमा विकास गरिने योजना अनुरूप केन्द्रलाई अस्पताल बनाइन लागिएको हो । यसअघि जिल्लामा रहेको कालिका सामुदायिक अस्पताल व्यवस्थापनको अभावमा बन्द भइसकेको छ ।

जिल्लामा अहिले एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । जीवजीवे प्राथमिक स्वास्थ्य केन्द्रलाई कालिकास्थानमा सार्न लागेको भन्दै केही समय अघि स्थानीयले बिरोध गरेका थिए ।

केन्द्रलाई अस्पतालको रूपमा विस्तार गरिने निर्णयले स्थानीयमा खुशी छाएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले १३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विस्तार गर्न लागेको बताइएको छ  । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया