निरुता सिंह ‘हजार जुनीसम्म’ मा अनुबन्धित, चलचित्र मंसिर २६ गतेबाट फ्लोरमा

 मंसिर १८, २०७५ मंगलबार १६:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नायिका निरुता सिंह यतिबेला मह–सञ्चारले निर्माण गर्न लागेको चलचित्र दालभात तरकारीमा ब्यस्त छिन् । चलचित्रमा उनी वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत हुन लागेको बताइएको छ ।

लामो समयको ग्यापपछि निरुता पुनः चलचित्र क्षेत्रमै सक्रिय हुन थालेकी हुन् । उनी विकाशराज आचार्यले निर्माण गरेको चलचित्र ‘नाइ नभन्नु ल ५’ बाट चलचित्र नगरीमा कमब्याक भएकी हुन् । त्यस लगत्तै उनलाई चलचित्र ‘लभ स्टेशन’मा पनि फाइनल गरिएको थियो । तर उनले विशेष कारण देखाउँदै उक्त चलचित्रबाट हात झिकेकी थिइन् ।

दालभात तरकारीको छायंकन आधा नहुँदै उनी अर्को चलचित्रमा पनि काम गर्ने पक्का भएको छ । ‘नाई नभन्नु ल ५’ का निर्देशक विकासराज आचार्यले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनीसम्म’मा पनि निरुताले काम गर्ने पक्का भएको हो ।

चलचित्रका लागि निरुता फाइनल भइसकेको निर्देशक विकाशराज आचार्यले बताए । लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा यसअघि नै नायक आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत बालकलाकार अनुभव रेग्मी फाइनल भइसकेका छन् ।

विकासले उनले निर्माण गर्ने प्रायः चलचित्रहरुमा नयाँ नायकलाई डेब्यू गराउने गरेका छन् । यसपटकको चलचित्रमा पनि सो कार्यलाई उनले निरन्तता दिएका छन् । चलचित्रमा नवनायक अखिलेश प्रधानले डेब्यू गर्दै छन् । चलचित्र मंसिर २६ गतेबाट फ्लोरमा जाने बताइएको छ ।

काठमाडौं, पोखरा, दमौली, नारायणघाट, दमक, बिर्तामोड र सिक्किमलगायतका स्थानहरुमा चलचित्रको छायङ्कन गरिने निर्देशक आचार्यले बताए । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया