इन्टरमिलानलाई हराउँदै युभेन्टसले सिरी एमा ११ अंकको अग्रता बनायो

 मंसिर २२, २०७५ शनिबार ७:४०:७ | एजेन्सी
unn.prixa.net

इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको इन्टर मिलानविरुद्धको खेलमा युभेन्टस विजयी भएको छ । 

१५ खेलमा १४ जित र एक बराबरी खेल्दै युभेन्टसले सिरिएमा ११ अंकको अग्रता लिन पनि सफल भएको छ । युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि मारियो मान्जुकिचको एक मात्र गोल निर्णायक बन्यो । 

६६औं मिनेटमा क्रोएसियाली स्ट्राइकर मान्जुकिचले हाओ क्यान्सेलोको क्रसलाई गोलमा परिणत गरेका थिए । तर त्यसअघि इन्टरमिलानले केही राम्रा मौका पाएको थियो । 

पहिलो हाफअघि रोबर्टो गाग्लिायार्दिनीको प्रहार पोस्टमा लाग्न पुगेको थियो भने  ब्लेस माटुइडीको गम्भीर गल्तीलाई माटेओ पोलिटानोले गोल गर्न सकेनन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले भने हिजोको खेलमा गोल गर्न सकेनन् ।

युभेन्टसले ४३ अंक बनाएको छ भने इन्टर मिलानको २९ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको नेपोलीले ३२ अंक बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया