अन्टार्कटिकामा अाठ महिना एक्लै बस्न सम्भव छ ?

 मंसिर २७, २०७५ बिहिबार १४:९:४० | एजेन्सी
unn.prixa.net

वाइल्डलाइफ क्यामेरामेन लिंडसे म्याकक्रेको जिन्दगीमा सन् २०१६ मा सबैभन्दा राम्रो खबर मिल्यो । उनलाई अन्टार्कटिकामा पेन्गुइन चराको समूहमा आधारित फिल्म बनाउने मौका मिल्यो जुन उनको चाहाना थियो । 

लिंडसेले जुन प्रोजेक्टमा काम गर्नु थियो त्यो डेविड एटनबरोको नयाँ बीबीसी सिरिज डायनेस्टिज को अंश थियो । उनलाई एउटा सानो समूहका साथ अन्टार्कटिमा जानु थियो । 

अन्टार्कटिका सुन्नमा धेरै टाढा त लाग्दैन । तर जुन ठाउँमा लिंडसे जाँदै थिए, उनले त्यहाँ फिल्मको सुट गर्नुपर्ने थियो उनी त्यहाँ कम्तीमा पनि आठ महिना बस्नुपर्ने थियो । 

अन्टार्कटिकाको चुनौतीपूर्ण यात्रा

तीन सदस्यको उनको टिम बाहेक जो मानिसहरु त्यस समयमा अन्टार्कटिकामा थिए उनीहरुमध्ये सबैभन्दा नजिक दक्षिण अफ्रिकी टीम थियो । उनीहरु पनि सैयौँ किलोमिट टाढा थिए । 

लिंडसेलाई त्यो समय याद छ, जतिबेला उनले आफ्नो प्रेमिका बेकीलाई यो फिल्म प्रोजेक्टको बारेमा बताएका थिए । पहिले त उनी धेरै डराइन् र त्यहाँ जानका लागि अस्वीकार गरिन् । लिंडसेले उनलाई सम्झाए, पेन्गुइनका भिडियोे आफ्नो क्यामेरामा सुट गर्नु उनको सपना नै थियो  । दुई हप्तापछि उनले जानका लागि स्वीकृति दिइन् । 

बेकी पनि टेलिभिजनको क्षेत्रमा नै काम गर्थिन् । उनलाई थाहा थियो कि, अवस्था जस्तोसुकै होस् आउन जानमा जति मुश्किल भए पनि उनले केही न केही उपाय सोच्नेछन् । 

उनीहरु दुवैजना ६ वर्षदेखि साथमा थिए । अन्टार्कटिकाको यात्रामा निस्कनुपूर्व बेकी र लिंडसेले विवाह गरे । कोही नवविवाहित जोडि १५ हजार किलोमिटरको दूरीमा रहने बारेमा सोच्न पनि सक्दैनन् । तर यति लामो दूरीका कारण पनि उनले हिम्मत जुटाए यो कामका लागि । 

परिवारसँगको विछोड

अन्टार्कटिकामा जानुपूर्व  लिंडसेलाई प्री फिल्मीङ इमर्जेन्सी ट्रेनिङको लागि अस्ट्रिया पठाइएको थियो । त्यहाँ तीनहजार मिटरको उचाइमा उनको ट्रेनिङ क्याम्प रहेको थियो । त्यतिबेला लिंड्सेलाई खबर मिल्यो, जहाँ बेकीले उनलाई एक कल फोन गर्न आग्रह गरेकी थिइन् । उनी त्यो क्षण सम्झिँदै भन्छन् ‘इमान्दार भएर भन्नुपर्दा मलाई भरोसा नै थिएन, त्यहाँ फोन सिग्नल पनि छ होला भनेर । मैले फोन गरेर सोधेँ, के भैरहेको छ ? उनले भनिन्, म गर्भवती छु ।’ 

लामो बहस र चर्चापछि उनीहरुले डायनेस्टीज टिमका साथ अन्टार्कटिका जाने निर्णय गरे । उनको पहिलो बच्चा जन्मने समयमा उनीहरुलाई सँगै बस्ने अवसर नमिले पनि त्यतिबेला भने त्यहाँ जानैपर्छ भन्ने सोचे ।

जादुमयी दुनियाँ

अन्टार्कटिका आफैँमा एकदमै चिसो महादेश हो । चिसो मौसमको साथै यहाँ चिसो तुफानी हावा पनि चल्ने गर्छ । यो विशाल महादेश १४० लाख वर्ग किलोमिटरमा फैलिएको छ । गर्मीमा यहाँ मान्छेको सङ्ख्या करिब ४ हजार सम्म पुग्ने गर्छ । पेन्गुइन भने करिब एक करोड बीस लाखको हाराहारीमा हुने गर्छन् । अन्टार्कटिकामा मौसमको पूर्वानुमान लगाउन सकिँदैन । 

चिसो एकदमै बढ्ने हुँदा समुन्द्रको पर–परसम्म हिउँ जम्ने गर्छ । यस्तो अवस्थामा त्यहाँ विमान उड्न सक्दैनन् र समुन्द्री जहाज पनि चल्न सक्दैनन् । लिंडसे भन्छन्, ‘अन्तिम विमान फिर्ता गएपछि त हामीलाई विश्वास नै थिएन कि हामीहरु पृथ्वीको सबैभन्दा कुनामा अलपत्र छोडिएका थियौं ।

बाँच्नु छ भने धैर्यता राख्नुपर्छ 

‘एक पटक जब तपाईं त्यहाँ जानुहुन्छ, त्यहाँबाट फिर्ता आउन निकै मुश्किल छ । त्यहाँ न त कुनै विमान आउने आशा नै हुन्छ । यसअवस्थालाई आफूले स्वीकार गर्नुको विकल्प नै थिएन ।’

यो वातावरणमा बाँच्नको लागि धैर्यताको खाँचो पर्छ । लिंडसे त्यहाँ भएको बेला १४ दिनसम्म हिमआँधी चलेको थियो । चिसो याममा मौसम लामो समयसम्म बिग्रिने गर्छ । क्रु मेम्बरलाई क्याम्पको भित्र बसेर तुफान रोकिने पर्खाई गर्नुपर्छ । यसको लागि शारिरिक तथा मानसिक रुपमा आफैँले सशक्त हुनुपर्छ ।  

लिंडसे भन्छन्, ‘मलाई माइनस ३० डिग्री सेल्सियसमा मेरो पहिलो दिन याद छ । मैले जीवनभरी त्यति पीडा कहिल्यै पनि भोगेको थिइँन । मेरा हड्डीहरु पनि चिसा पर्न थालिसकेका थिए । त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस थियो । त्यसपछि के हुने थियो, म अनुमान पनि गर्न सक्दिनँ ।’

इम्पेरर पेन्गुइनको लागि उनको पुरै टिमलाई लामो समय पर्खिनुपरेको थियो । त्यसको लागि न्यानो र शान्त मौसमको आवस्यकता थियो । लिंडसेको क्याम्पमा एउटै टेलिफोन लाइन थियो । जुन एउटै ल्याण्डलाइनमा जोडिएको थियो । त्यसै केबललाई कम्प्यूटरमा जोडेर उनीहरुले इन्टरनेट चलाउन सक्थे । 

जुन दिन लिंडसे र उनका साथीहरु समुन्द्रमा जमेको हिउँमाथि पेन्गुइनको फिल्म बनाउन पुगे, त्यही दिन स्टेशन लिडर टिमलाई बेकीकी आमाको फोन आयो । लिंडसे त्यो दिन याद गर्छन्, ‘म फर्केर आएँ र स्काइपमा लग इन गर्न भ्याएँ । मेरो छोरा भएको रहेछ ।’ स्काइपमा कुरा गरिरहेका बेला आफ्नो बच्चा रोइरहेको आवाज सुनिएको थियो । उनले भने, ‘सायद उ भर्खरै जन्मेको थियो । त्यतिबेला मलाई अनौठो अनुभव भएको थियो ।’ 

आफ्नी श्रीमती र नवजात छोराबाट टाढिएको क्षण लिंडसे कहिल्यै भुल्न सक्दैनन् । तर अन्टार्कटिकाको त्यो अनुभव पनि उनको लागि अमूल्य छ । उनी भन्छन्, ‘यो पृथ्वीको सबैभन्दा सुन्दर ठाउँ हो, जहाँ म कुनैबेला गएको थिएँ । गर्मी याममा यसको सुन्दरताले अचम्म पारिदिन्छ । सूर्य चौविसै घण्टा तपाईंमाथि रहन्छ । उसको चम्किलो किरणले आँखा तिर्मिराउँछन् । उनी भन्छन्, ‘तर यसको खास मजा लिनको लागि भने चिसोको मौसममा नै जानुपर्छ, जतिबेला सूर्य देखिदैन र चारैतिर अँध्यारो छाएको हुन्छ ।’

अन्टार्कटिकाको सबैभन्दा अचम्मको कुरा 

चिसोको बेला अन्टार्कटिकाको सबैभन्दा अनौठो लाग्ने भनेको सूर्यका आकासमा तैरिने किरणहरु नै हुन् । लिंडसे भन्छन्, ‘तपाई अचम्मित हुनुहुन्छ । हरियो, बैगनी, गुलाबी र सेतो रङ्गका सूर्यका किरणहरु यति छिटो अकासमा उड्छन् कि तपाईं कल्पना पनि गर्न सक्नुहुँदैन ।’

अन्टार्कटिकामा कुनै आवाज पनि सुनिँदैन । न कुनै प्रदूषण नै हुन्छ । यस्तो शान्त वातावरण पेन्गुइनलाई मन पर्छ । उनी धेरै खुसी छन्, उनी आफैँलाई भाग्यमानी ठान्छन् । उनी भन्छन्, ‘यस्तो दृश्य एकदमै कम मान्छेले मात्र देख्छन् । म तिनै भाग्यमानी मध्ये एक हुँ ।’ 

–बीबीसी अर्थकाे सहयाेगमा

अन्तिम अपडेट: फागुन २५, २०७५

तपाईको प्रतिक्रिया