गाउँपालिकाले डिजिटल बनायो नागरिक बडापत्र

 जेठ ३१, २०७५ बिहिबार १९:३२:३० | राजु लामिछाने
unn.prixa.net

 रुकुम पूर्व – सिस्ने गाउँपालिकाले आजदेखि डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।

सर्वसाधारणलाई गाउँपालिकाले सम्पादन गर्नुपर्ने र सम्पादन गर्दै आएका गतिविधिलाई सहज ढंगले जानकारी गराउने उद्धेश्यका साथ डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले डिजिटल प्रविधिमार्फत अनागरिकलाई कार्य सम्पादन सहज र सरल ढंगवाट सुसूचित गर्ने र काम गतिविधि प्रभावकारी भए नभएको जानकारी लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सचेत र जागरुक बनाउन पनि यसबाट महत्वपूर्ण उपलब्धि हासिल हुने जानकारी गराउनुभयो ।  

गाउँपालिकाका प्रवक्ता जीवन केसीका अनुसार सिस्ने गाउँपालिकाका सबै वडामा डिजिटल नागरिक वडापत्र स्थापना गरिनेछ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया