एन्टोनी ब्लिन्केनको चीन भ्रमण : अमेरिकालाई ‘सीमा ननाघ्न’ चीनको...
बैशाख १५, २०८१ शनिबार
सर्लाही – सर्लाहीका ग्रामिण बस्तीमामा २५ प्रतिशतभन्द बढी विद्युत हुकिङबाट चुहावट हुने गरेको छ ।
सर्लाहीको धनगडा, खोरिया, कबिलासी, मदनपुर अचलगड, बलरालगायतका ग्रामिण बस्तीमा स्थानीयले हुकिङ गरेर बिजुली प्रयोग गर्ने गरेका छन । हुकिङ गरेर उनीहरुले हिटर बाल्ने, मिल चलाउने, पानी तान्ने बत्ती बाल्ने गरेका हुन । ग्रामिण बस्तीका अधिकांशले यसरी नै चोरी गरेर विद्युतको प्रयोग गर्न थालेपछि सर्लाहीमा अहिले तालिकाभन्दा बढी लोडसेडिङ हुन थालेको छ ।
विधुत चोरीको कारण साँझपख बिजुली बत्ती जाने र कम भोल्टेज आउने गरेकाले उपभोक्तहरु समस्य परेका छन । प्रधिकरणले विद्युत चुहावट गरी विद्युत बाइपास गर्नेलाई नियन्त्रणमा लिएर साउनदेखि अहिलेसम्म कारबाही गर्दा झण्डै २२ लाख जरिवाना असुली भएको विद्युत प्रधिकरण मलंगवा शाखाका प्रमुख माधवकुमार यादवले जानकारी दिनुभयो ।
स्थानीयले अझै पनि हुकिङ गरेर बिजुली प्रयोग गरेकाले प्रधिकरणलाई महिनाको लाखौं रुपैयाँ नोक्सान भएको उहाँले बताउनुभयो । धेरै बिजुली चोरी हुने बस्तीमा प्रधिकरणले फेरि अभियान चलाएर हुकिङ नियन्त्रण गर्ने तयारी गरेको छ । जिल्लाको मलगवा, हरिपुर र बरहथवा वितरण केन्द्रबाट प्रसारण हुने विद्युत बढी मात्रामा चोरी हुने गरेको छ ।
पछिल्लो समय भारती भुमिमा बसोबास गरेका केही भारती नागरिकले समेत नेपालबाट विधुत चोरी गरेर प्रयोग गर्ने गरेका छन।भारतको बिहारसँग सीमाना जोडिएको दक्षिणी भागका गाउँहरुमा बढी विद्युत चुहावट हुने गरेको र हुकिङ नियन्त्रणका लागि जाँदा प्राधिकरणका कर्मचारी माथि नै गाउँलेहरुले आक्रमण गर्ने गरेकाले बिना सुरक्षा जान नसकिने प्रधिकरणका कर्मचारीहरुले गुनासो गरेका छन ।
बढी विद्युत चुवाहट हुने भएपछि ग्रमिण भेगमा जडान गरिएका विद्युतीय ट्रन्सफर्मरमा समेत चाडै नै क्षति पुग्ने गरेको प्रधिकरणले जनाएको छ । विद्युत चोरी गर्नेलाई धमाधम कारबाही गर्न थालेपछि अहिले विद्युत चुहावट ३० प्रतिशतबाट घटेर २५ प्रतिशतमा झरेको प्रधिकरणले दाबी गरेको छ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।