उडिरहेकाे जहाजका कर्मचारीलाई अकस्मात् हृदयाघात भएपछि...

 माघ १२, २०७५ शनिबार १८:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

गएको बिहीबार राति अमेरिकाको हवाइयन एअरलाइन्स कम्पनीको होनोलुलुबाट न्यूयोर्क जाँदै गरेकाे फ्लाइटमा जहाजमा काम गर्ने कर्मचारी (फ्लाइट एटेण्डेण्ट)को हृदयाघातका कारण मृत्यु भएपछि आकस्मिक रुपमा सान फ्रान्सिस्कोतर्फ मोड्नुपयो ।

घटनाका बारेमा सान फ्रान्सिस्को विमानस्थलका प्रवक्ता डाग याकेलले भने, ‘जहाजमा कार्यरत एक कर्मचारीलाई हृदयाघात भएको आशंकापछि हवाइयन एअरलाइन्सको ५० नम्बरको फ्लाइट क्यालिफोर्नियामा अवतरण गर्यो ।’

याकेलका अनुुसार हृदयाघातको आशंकापछि जहाजमा रहेका स्वास्थ्यकर्मीले ती व्यक्तिको सीपीआर (कार्डियाक पल्मोनरी रिसस्सिटेशन–हृदयाघात भएको व्यक्ति बेहोश भएर सास फेर्न नछोडोस् अर्थात (कार्डियाक अरेष्ट) नहोस् भन्नका लागि पीडितको रक्तसञ्चार गराइरहने प्रक्रिया) गर्न खोजेका भए पनि अवतरण हुञ्जेलका लागि त्यो प्रक्रिया रोकेका थिए ।

स्थानीय हवाइ न्यूज नाउ नाम गरेको सञ्चारमाध्यमलाई स्रोतले बताएअनुसार जहाज अवतरणपछि पनि अन्य कर्मचारीले घण्टौँ सीपीआर गरेका थिए । ती फ््लाइट एटेण्डेण्टले त्यस एअरलाइन्समा ३० वर्षभन्दा बढी काम गरेको बताइएको छ । 

त्यसै फ्लाइटमा उडिरहेका एक यात्रुले अन्य फ्लाइट एटेण्डेण्टहरुले यात्रुहरुमध्ये कोही डाक्टर छन् कि भनेर सोधपूछ गरेको ट्वीटमार्फत बताएको हवाइ न्यूज नाउले जनाएको छ । एक यात्रुले एकजना डाक्टर र स्वास्थ्यकर्मी सहयोगका लागि आएको पनि बताए ।

केही समयपछि स्थानीय सान मेटिओ काउण्टीका अधिकारीले उक्त यात्रुको मृत्यु भएको घोषणा गरेका थिए ।
उनको मृत्युपछि बाँकी यात्रुलाई अर्को फ्लाइटबाट गन्तव्यमा पुर्याइएको थियो ।
 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया