निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको अनुरोध
बैशाख १५, २०८१ शनिबार
सोलुखुम्बु – खुम्बु पासाङ ल्हामू गाउँपालिकाले मेरापिक पर्यटकीय पदमार्ग निर्माणका लागि झण्डै साढे १ करोड लगानी गरेको छ ।
गाउँपालिकाले विभिन्न चरणमा गरी हालसम्म १ करोड ४३ लाख रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार खरिखोलादेखि पाङगोम सम्मको झण्डै ४ किलोमिटर पदमार्ग निर्माणका लागि त्यति रकम खर्च गरिएको हो ।
मेरापिक ट्रेकिङ ट्रे अन्तर्गत खुम्बु पासाङ ल्हामू, माप्या दूधकोशी र महाकुलुङ गाउँपालिकाको क्षेत्र पर्ने भएकाले पदमार्ग निर्माणमा पनि तीनै वटा गाउँपालिकाले लगानी गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।