विश्वकप फुटबल छनाेट दाेस्राे चरण : नेपाल समूह 'बी' मा

 साउन १, २०७६ बुधबार १५:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह 'बी' मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् ।

दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।

फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया