काेराेना राेकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेकाे छ : प्रधानमन्त्री ओली

 चैत २५, २०७६ मंगलबार ११:३३:५४ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सीएमसी) ले युद्धस्तर र समन्वयात्मक रुपमा काम गरिरहेको बताउनुभएको हो ।

उहाँले चर्को गर्मीको परवाह नगरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकाेमा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया