पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या चार सय पुगेकाे छ ।
पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएकाे हाे । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डाैमा तीन जना, ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै झापामा नाै, कपिलवस्तुमा चार, सलार्ही दुई, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एक/एक गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
आज २४ जना पुरुष र तीन जना महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।
सङ्क्रमितमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमण देखिएको जिल्लाको सङ्ख्या ३८ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अशोक चौधरी
May 19, 2020, 8:44 p.m.अब नेपाल मा पनि अमेरिका र इटली मा जस्तो भयावह हुन बेर छैन बेलैमा सचेत होऔँ घरै बसौ लकदाऊन्को पुर्ण पालना गरौं
Ram Simkhada
May 19, 2020, 4:49 p.m.कम्तिमा उपत्यकाकाे त अलि डिटेलमा दिनु । सेन्शरशिप भएर अा जस्ताे । कति अल्छी हुन हाम्रा महाेदयहरू ।