बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने

 साउन २५, २०७५ शुक्रबार १४:२०:१७ | उज्यालो सहकर्मी

काठमाडौं – बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने बाटो खुलेको हो । 

शुक्रबार काठमाडौंमा बगलादेशले नेपालबाट ५ सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउने समझदारी गरिएको छ । नेपालको जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले जानकारी दिनु भयो । उहाँले दुई

मुलुकबीच जलविद्युत खरिदका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाउने समझदारी पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई देशबीच समझदारी गरिएको बताउनुभयो । उहाँले सौर्य उर्जाको लागि नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न पनि आफ्नो मुलुक तयार रहेको स्पष्ट पार्नुभयो ।

नेपाल र बंगलादेशबीच पहिलो पटक नेपालको जलविद्युतमा लगानी भित्रयाउने समझदारी गरिएको हो । त्यो समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा दुवै मुलुकका विस्तृत छलफल गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • sOMNATH ADHIKARI

    Aug. 10, 2018, 8:18 p.m.

    नेपालले ४१००० मेगावाट जलविद्युत उत्पादन नहुदा सम्म यसरी नै लगानी तथा खरिद सम्झौता गर्दै जानु राम्रो कार्य हो । राम्रो कार्यको सराहना गर्दछु । कार्यान्वयन होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया