उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
उदयपुर – उदयपुरमा करेन्ट लगाई खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नं.–७ नर्कटेका ३० वर्षीय कैलास राना मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शनिबार साँझ स्थानीय ध्वाँसे खोलामा बिजुलीको मेनलाइनबाट करेन्ट जडान गरि माछा मार्ने क्रममा चिप्लेर पानिमा खस्दा कैलास राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिनुभयो ।
कैलासको मृत्यु भएपछि करेन्ट भएको तार फ्याक्ने क्रममा संगै माछा मारिरहेका उमेश राना मगर घाइते भएको डिएसपी अधिकारीले बताउनुभयो ।